पार्टी एकताको पक्षमा उभिन उपेन्द्र यादवको अह्वान

  साउन २१, २०७८

काठमाडौं, साउन २१ : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टी एकताको पक्षमा उभिन नेता तथा कार्यकर्तालाई अह्वान गर्नुभएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै जसपा अध्याक्ष यादवले दृढता पूर्वक पार्टीको पक्षमा रहन र पार्टी एकतालाई मजबुत बनाउन आह्वान गर्नुभएको हो ।

‘देशमा समाजवादी लोकतान्त्रिक बिचार बोकेको बैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने कार्यलाई मुर्तरुप दिन अहिले पनि गम्भीर रुपले लाग्नु जरुरी छ,’ उहाँले भन्नुभयो,‘यो यथार्थलाई आत्मसात गर्दै विगतमा निर्वाचन आयोगले पार्टीबारे आधिकारिकता सम्बन्धी निर्णय गर्नु भन्दापूर्व कुनै कारणले पार्टीबाट अलग हुन पुग्नु भएका वा अन्यन्त्र अलमलमा पर्नुभएका पार्टीका सम्पूर्ण साथिहरुलाई कतै अलमलमा नपरी बिना हिचकिचाहट जनता समाजवादी पार्टी, नेपालमा नै पुनः फर्किएर अग्रगमन र बैकल्पिक शक्ति निर्माणको महान अभियानमा साथ साथै अगाडि बढ्नु हन आर्दिक अपिल गरिन्छ ।’

साथै उहाँले संघीय, लोकतन्त्र, गणतन्त्र, समावेशीता, धर्मनिरपेक्षतासहितका मौलिकहकहरु राजनीतिक एवं सवैधानिक रुपले संस्थागत गर्दै जाने र बाँकी अधिकार प्राप्तिका लागि संघर्ष गर्नु अहिलेको कार्यभार रहेको पनि बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया