भारत र इंग्ल्याण्डबीचको पहिलो टेष्ट सुरु

  साउन २०, २०७८

काठमाडौं, साउन २० : भारत र इंग्ल्याण्डबीचको पहिलो टेष्ट खेल आजबाट सुरु भएको छ । इंग्ल्याण्ड भ्रमणको क्रममा भारतले पाँच खेलको टेष्ट श्रृखंला खेल्नेछ ।

नट्टीघंममा भइरहेको पहिलो टेष्ट खेलमा इंग्ल्याण्डले टस जितेर ब्याटिङ रोजेको छ । इंग्ल्याण्डले खाता नखोल्दै रोरी बर्नसको रुपमा पहिलो विकेट गुमाएर दबाब आएको छ ।

तर डम सिब्ली र ज्याक क्रौलीले दोस्रो विकेटका लागि ३३ रनको साझेदारी गर्नुभएको छ । सिब्लीले आठ तथा क्रौलीले २३ रन बनाएर अविजित हुनुहुन्छ । भारतका लागि जसप्रित बुमराहले रोरी बर्नसको रुपमा पहिलो विकेट दिलाउनुभयो ।

तपाईको प्रतिक्रिया