हिमाली जिल्ला हुम्लामा फुटबलप्रति आकर्षण बढ्दै

  साउन १९, २०७८

हुम्ला, साउन १९ : कुनै समय कपडाको फुटबल बनाएर खेल्ने हुम्लामा अहिले सञ्चालन भएको प्रशिक्षणप्रति बालबालिको आर्कषण बढ्दै गएको छ । स्थानीय स्तरमा सुरु भएको र बालबालिका फुर्सदमा रहेको कारण फुटबल प्रशिक्षणप्रति आकर्षण बढेको हो ।

आफ्नो बच्चा कपडा र प्लाष्टिकको बल बनाएर साथीसंग गत वर्षसम्म फुटबल खेल्ने गरेको बताउने पुर्व फुटबल खेलाडीसमेत रहेका लोकेन्द्र रावतले यसपाली छोराले वास्तविक बल खेलेरै सिक्न अबसर पाई प्रशिक्षणमा भाग लिएको खुशी ब्यक्ति गर्नुभयो । प्रशिक्षण बिनै आफै सिकेर ए डिभिजन लिग चरणमा हुम्लाबाट खेलाडी पुगेको स्मरण गर्दै उहाँले भविष्यका पिढिका लागि राम्रो सुरुवात भएको बताउनुभयो ।

आफु भन्दा ठुला दाईहरुले कुनै क्लबले आयोजना गरेको खेल हेरेर फुटवल सिक्नु पर्ने अबस्थाका वालवालिकाका लागि यो प्रशिक्षण कोषे ढुङ्गा सावित हुने प्रशिक्षक सहजकत्र्ता पबन रोकाया बताउनुहुन्छ । मौसम प्रतिकूलता र बालबालिकाको विद्यालय सञ्चालनपछि प्रशिक्षणलाई निरन्तरता दिनु चुनौतीपूर्ण उहाँले बताउनुभयो ।

हालसम्म हुम्लाबाट उत्पादन भएका फुटबल खेलाडीले कपडाको बल बनाएर खेल सिकेको स्मरण गर्दै उहाँले यतिधेरै बलबाट फुटबल सिक्न पाएको पहिलो पटक भएको बताउनुभयो । यसअघि फुटवल ग्राउण्ड नहुँदा विमानस्थलमा बेलुकाको समय मात्र फुटवल सिक्न र खेल्न बाध्य थिए ।
रंगशालाका लागि जग्गाको व्यवस्थापन हुँदा खेल मैदानमा खेल्ने बालबालिकाको चाहना समेत पुरा हुँदैछ । गत चार दिनदेखि जारी रहेको १३ वर्ष मुनिका बालबालिकाको ‘ग्रास रुट’ फुटबल प्रशिक्षणमा रुचि एक्कासि बढेको छ । फुटबलप्रतिको माया र आर्कषणको परिणाम भएको बुझ्न कठिन छैन ।

आयोजक हुम्ला फुटबल एकेडेमीका अध्यक्ष बिष्णु बहादुर रावतका अनुसार तीस जना बालबालिकालाई सहभागिता गराउने लक्ष्य भएपनि मंगलवार बिहानसम्म एक सय जना पुगेका छ । उहाँले यसरी सहभागी संख्या पुग्ला भन्ने नसोचेको बताउनुभयो । अभिभावकले आफ्ना नानीलाई प्रशिक्षणमा सहभागिता गराउनका लागि हारगुहार गर्ने गरेको उहाँले बताउनुभयो ।

प्रशिक्षणका लागि बालबालिका थपिने क्रम रोकिएको छैन् । आयोजकले प्रशिक्षणमा थप बालबालिका लिन नसकिने जनाएको छ । घरआँगनमै फिफा लाईसेन्स प्राप्त प्रशिक्षकबाट प्रशिक्षण सुरु भएपछि सिमकोट बजारमा बिश्वका चर्चित खेलाडीको फोटो अंकित जर्सी खरिद गर्ने क्रम बढेको छ ।

अबिभावकलाई ती जर्सी किनेर आफ्ना बालबालिकालाई प्रशिक्षणमा सहभागिता गराउने घुईचो बढेको छ । खेलाडी सहभागिता बढेपछि चार वटा समुह बिभाजन गरी प्रशिक्षण दिइएको छ । १३ वर्षमुनिका बालबालिकालाई निशुल्क रुपमा प्रशिक्षणमा सहभागिता गराईएको छ । खेल सामाग्रीको व्यवस्था सबै एकेडेमीले गरेको छ ।

प्रशिक्षक मदन बुढाथापाले उच्च क्षेत्रमा फुटबलको संभावना राम्रो देखिएको बताउनुभयो । उहाँले साना खेलाडीको फुटवल प्रशिक्षण प्रतिको लगाब हेर्दा राम्रो संकेत देखिएको बतउाुभयो । दुई हप्तासम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रम जिल्लाकै पहिलो हो ।

केही अगाडी युरो र कोपा अमेरिका कप सकिएको र ती प्रतियोगिता टिभीमा हेरेका बालबालिकामा त्यसको प्रभाव परेको सहजै देखिन्छ । खेल मैदान राम्रो निर्माण नभई सकेको भएपनि लगनशील भएर खेलाडी प्रशिक्षणमा सहभागी भएका छन् ।

तपाईको प्रतिक्रिया