सन्दीप लामिछाने काठमाडौं किंग्सका कप्तान नियुक्त

  साउन १८, २०७८

काठमाडौं, साउन १८ : सन्दीप लामिछाने काठमाडौं किंग्स एलेभनका कप्तान नियुक्त हुनुभएको छ । एभरेष्ट प्रिमियर लिग(ईपीएल)मा सन्दीपले काठमाडौं किंग्सको प्रतिनिधित्व गर्नुभएको छ ।

काठमाडौं किंग्स एलेभनले सन्दीपको जन्म दिबसको अबसर पारेर उहाँलाई कप्तान नियुक्त गरेको हो । ईपीएलको चौथो संस्करण अगामी सेप्टेम्बर २५ देखि सुरु हुनेछ । यसअघि प्रिमियर लिग खेल्न काठमाडौं किंग्स एलेभनले पाकिस्तानका पूर्ब क्रिकेटर शाहीद अफ्रिदीलाई अनुबन्धन गरेको थियो ।

ईपीएलले जन्म दिबसको अबसर पारेर कप्तानको जिम्मेवारी पाउनुभएका सन्दीपको आगामी वर्षमा सफलताको कामना गरेको छ । गएको एक वर्ष सन्दीपका लागि अत्यन्तै चुनौतीपूर्ण रहयो । आईपीएल खेल्न छनोट भएपनि उहाँले एउटै खेलमा अबसर पाउनुभएन । आईपीएलको जारी संस्करणमा सन्दीपलाइ अनुबन्धनका लागि कुनै पनि टोलिले चासो देखाएनन ।

इंग्ल्याण्डमा द हण्ड्रेड र भाइटलिटी ब्लास्टका लागि अनुबन्धन सम्झौता गरेपनि भिसाले गर्दा दुबै फ्रेञ्चाइज लिग गुमाउन पुग्नुभयो । सन्दीप २१ वर्ष पुरा गरी २२ औं वर्षमा प्रबेश गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया