‘साली कस्को भेनाको’ बाेलकाे म्यूजिक भिडियो सार्वजनिक

  साउन १७, २०७८

काठमाडौं, साउन १७ : गायक निशान निशान भट्टराई र गायिका नित्याशिवा को आवाज रहेको”साली कस्को भेनाको” को गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

शंकर अधिकारी घायलको शब्द तथा बाबुल गिरीको संगीतमा गीतमा रहेको छ । प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । आफ्नी मायालु प्रेमीकाको बहिनी र भिनाजुबीचको प्रेम प्रसङगलाई गीतमा व्यक्त गरिएको छ ।

ज्ञानेन्द्र शर्माको छायांकन, प्रविण भटटको सम्पादन तथा सुबल थापाको नृत्य निर्देशन,सुरेन्द्र मल्ल ठकुरी को निर्देशन रहेको भिडियो तयार गरिएको छ । गीतको भिडियोमा गम्भीर बिस्ट, गीता ढुंगाना, सूर्य नेपाली, श्रेया सिटौला, सागर पोख्रेल, जिना निरौलाको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया