एलेक्स गभ्रेभले टेनिसको स्वर्ण जिते

  साउन १७, २०७८

काठमाडौं, साउन १७ : जर्मनीका टेनिस खेलाडी अलेक्जेण्डर जभ्रेभ टोकियो ओलम्पिक २०२० को स्वर्ण पदक जित्नुभएको छ । पुरुष एकल बिधामा उहाँले रुसी कारेन खाचानोभलाई ६–३ ६–१ ले हराउँदै टोकियो ओलम्पिकको स्वर्ण जित्नुभएको हो ।

उत्कृष्ट लयमा रहनुभएका गभ्रेभले जर्मनीलाई दोस्रो पटक टेनिस पुरुष एकलमा स्वर्ण दिलाउन ७९ मिनेट समय लिनुभयो । उहाँ विश्व वरीयतामा पाँचौं स्थानमा हुनुहुन्छ । अझै ग्राण्ड स्लाम उपाधि जित्न नसकेका गभ्रेभले ओलम्पिकमा स्वर्ण हात पार्न पहिलो सेटमा ३–१ ले अगाडि रहनुभयो । दोस्रो सेटमा समेत उहाँले रुसी खाचानोभलाई पुनरागमनको कुनै अबसर दिनुभएन ।

गभ्रेभले सेमीफाइनलमा विश्व वरीयताको शीर्ष स्थानमा रहनुभएका नोभाक जोकोभिचलाई पराजित गरेर स्वर्ण जित्ने यात्रा तय गर्नुभएको थियो ।
यसअघि, सन् १९८८ को सोल ओलम्पिकमा स्टेफी ग्राफले जर्मनीलाई पहिलो पटक पुरुष एकलमा स्वर्ण दिलाउनुभएको थियो । सन् १९९२ को बार्सिलोना ओलम्पिकमा बोरिस बेकर र माइकल स्टिचको जोडीले मिश्रित विधातर्फ जर्मनीलाई पहिलो पटक स्वर्ण दिलाउनुभएको छ ।

तपाईको प्रतिक्रिया