पार्टीहित विरुद्ध काम गर्नेलाई स्थान दिन सकिदैन : ओली

  साउन १६, २०७८

काठमाडौं, साउन १६ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको सरकार ढलाएर दक्षिणपन्थी सरकार गठन गर्नमा सहयोग गर्नेलाई पार्टीमा अव स्थान नरहेको बताउनुभएको छ । एमाले काठमाडौं जिल्ला कमिटीको बैठकमा शनिबार सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।

विघटित कार्यदलका सदस्यहरुले पार्टी एकताको पक्षमा गृहकार्य जारी राखेकै बेला अध्यक्ष ओलीको यस्तो भनाई आएको हो ।“आफ्नो पार्टीको अध्यक्ष नेतृत्वको सरकारलाई विश्वासको मत नदिने, दक्षिणपन्थी सरकार बचाउन पार्टीको ह्वीप क्रस गराएर मतदान गर्नेलाई पार्टीमा स्थान दिन सकिदैन”उहाँले भन्नुभयो ।

एमाले नेतृत्वको सरकार ढल्नु भनेको जनताको सरकार ढल्नु हो भन्नुहुँदै अध्यक्ष ओलीले अव मुलुकमा अस्थिरता शुरुभएको बताउनुभयो । पार्टी हित विरुद्ध काम गर्ने नेता तथा कार्यकर्तालाई छुट दिन नसकिने पनि उहाँले चर्चा गर्नुभयो । देशको समृद्धिका लागि आगामी निर्वाचनमा पुनः एमालेलाई बहुमत दिन उहाँले जनतासँग आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया