शास्त्रीय नृत्यकार रञ्जितको निधन

  साउन १६, २०७८

काठमाडौँ, साउन १६ : वरिष्ठ शास्त्रीय नृत्यकार हनुमानदास रञ्जितको ७८ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मिर्गाैलासम्बन्धी उपचार गराइरहनुुभएका कलाकार रञ्जितको यही साउन १० गते निधन भएको पारिवारिक स्रोतले जनाएको छ । अरनिको कल्चरल सोसाइटी सांस्कृतिक संस्थाका संस्थापक रञ्जितले नेपालका परम्परागत शास्त्रीय नाच स्वदेश र विदेशमा समेत प्रवद्र्धनमा योगदान पुु¥याउनुुभएको थियो ।

भारतको मुम्बईबाट शास्त्रीय नृत्य, भरत नाट्यम, कत्थकली, मनिपुरीमा विशिष्टता हाँसिल गर्नुुभएका रञ्जितले नेपालको शास्त्रीय नृत्यको विकास र विस्तारमा झण्डै आधा शताब्दी योगदान दिनुुभएको उहाँका सहकर्मी एवं वरिष्ठ पत्रकार ध्रुुव थापाले बताउनुुभयो । गोरखा दक्षिणबाहुु चौथोबाट विभूूषित पाटनका बासिनदा रञ्जितका श्रीमती र दुुई छोरा हुनुहुुन्छ ।

तपाईको प्रतिक्रिया