कोरोनाको डेल्टा स्वरुप ठेउला जत्तिकै सङ्क्रामक

  साउन १६, २०७८

काठमाडौं, साउन १५ : कोभिड–१९ को डेल्टा स्वरुप ठेउला ‘चिकेनपक्स’ रोग जतिकै सङ्क्रामक भएको अमेरिकी रोग नियन्त्रण तथा उन्मूलन केन्द्र(सीडीसी)ले जनाएको छ । न्युर्योक टाइम्समा सीडीसीको एक आन्तरिक प्रतिवेदनलाई उद्धृत गर्दै लेखिएको सामाचारमा कोभिड–१९ को डेल्टा स्वरुपमा खोपले बिकास गरेको प्रतिरक्षा प्रणालीलाई समेत तोड्न सक्ने क्षमता रहेको दाबी गरिएको छ ।

अमेरिकाले गत् मंगलबारबाट पूर्ण खोप लगाएका ब्यक्तिलाई समेत अनिवार्य खोप लगाउन निर्देशिका जारी गरेको छ । सीडीसीले यसअघि पूर्ण खोप लगाएका ब्यक्तिले घरभित्र खोप लगाउनु आवश्यक नरहेको बताएको थियो । यद्दपी खोपले गम्भिर बिरामी हुनबाट जोगाउन, अस्पताल भर्ना हुने दर कम गर्न र मृत्यु घटाउन प्रभाबकारी हुने विज्ञहरुले सुझाएका छन् ।

मर्स, सार्स, इबोला, रुघाखोकी, मौसम परिवर्तनले निम्तिने रोग सार्ने भाइरसको तुलनामा डेल्टा स्वरुप बढी सङ्क्रामक रहेको सीडीसीको प्रतिवेदनमा उल्लेख गरिएको छ । सीडीसीले उक्त प्रतिवेदनको बिस्तृत तथ्याङ्क शुक्रबारसम्म प्रकाशित गर्ने बताइएको छ । अमेरिकी राष्ट्रपति जोइ बाइडेनले बिहीबार मात्रै खोप कार्यक्रमलाई प्रोत्साहन गर्न हालै खोप लगाएका सबै ब्यक्तिलाई एक सय अमेरिकी डलर उपलब्ध गराइने बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया