टोकियो ओलम्पिक : हालसम्म ३६ राष्ट्रले पदक जिते

  साउन ११, २०७८

काठमाडौं, साउन १० : टोकियो ओलम्पिक २०२० मा हालसम्म २८ राष्ट्रले पदक जितेका छन् । हालसम्म २२ विधाका स्वर्णको छिनोफानो भएकोमा १४ राष्ट्रले स्वर्णपदक जितेका छन् ।

टोकियो ओलम्पिक २०२० का अनुसार चीनले सबैभन्दा बढी पाँच स्वर्ण, एक रजत र तीन कास्य गरी नौ पदक जितेको छ । जापानले चार स्वर्ण, एक रजत गरी पाँच पदक जित्दा संयुक्त राज्य अमेरिकाले दुई स्वर्ण, दुई रजत र चार कास्य गरी आठ पदक जितेको छ ।

जापानले जुडोमा दुई र स्केटबोर्डिङमा एक गरी तीन स्वर्ण जितेको छ । दक्षिण कोरियाले दुई स्वर्ण, दुई कास्य गरी चार पदक जितेको छ । ओलम्पिक कमिटिको ब्यानरमा सहभागिता जनाएको रुसी खेलाडीले एक स्वर्ण, दुई रजत र एक कास्य गरी चार पदक जितेका छन् । इटाली, अष्ट्रेलिया, ट्युनेसिया, अष्ट्रिया, इक्वेडर, हङ्गेरी, इरान, कोसोभो, थाइल्याण्डले एक एक स्वर्ण पदक जितेका छन् ।

त्यसैगरी, हालसम्म क्यानाडा, नेदरल्याण्ड्स, फ्रान्स, इन्डोनेसिया, सर्बिया, बेल्जियम, ब्राजिल, बुल्गेरिया, स्पेन, भारत, रोमानिया, चाइनिज ताइपेई, जर्मनी, कजाखस्तान, इस्टोनिया, बेलायत, इजरायल, मेक्सिको, मङ्गोलिया, स्लोभेनिया, स्वीटजरल्याण्ड र युक्रेनले  एक पदक जितेका छन् ।

तपाईको प्रतिक्रिया