अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा ८१ लडाकू मारिए

  साउन ११, २०७८

मजार आई शरिफ, साउन १० : अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा परी थप ८१ लडाकू मारिएका छन् । लडाकूहरुको अखडा रहेको ठाउँमा सुरक्षाकर्मीहरुले हेलिकोप्टर र लडाकू विमानबाट आक्रमण गरेको अधिकारीहरुले जनाएका छन् ।

देशको उत्तरी बाल्ख प्रान्तमा आइतबार आक्रमण गरिएको सरकारी सेनाले आइतबार नै जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ । आइतबार दिउँसो काल्डार र चाम्ताल जिल्लामा भएको घटनामा परी अरु ४३ जना घाइते पनि भएको अधिकारीहरुले जनाएका छन् । घटनास्थलबाट सुरक्षाकर्मीहरुले ठूलो सङ्ख्यामा सवारी साधन, विस्फोटक पदार्थलगायतका महत्वपूर्ण सामग्रीहरु पनि नियन्त्रणमा लिएको छ ।

अफगानिस्तानमा लामो समयदेखि द्वन्द्व जारी छ । युद्ध अन्त्यका लागि पटकपटक वार्ता भइरहे पनि निष्कर्षमा पुग्न भने सकेको छैन । तालिबान विद्रोही लडाकूहरुले देशभरका झण्डै २०० जिल्ला आफूहरुको नियन्त्रणमा रहेको दाबी गरेका छन् ।

तपाईको प्रतिक्रिया