बद्रीविक्रम स्मृति पुरस्कार हरिमञ्जुश्रीलाई

  साउन १०, २०७८

काठमाडौँ, साउन १० : बद्रीविक्रम थापा स्मृति सेवा गुठीले यो वर्षको बद्रीविक्रम स्मृति पुरस्कार शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरिमञ्जुश्री र जीवनचन्द्र कोइरालालाई प्रदान गर्ने निर्णय गरेको छ ।

गुठीका अध्यक्ष सत्यमोहन जोशीको सभापतित्वमा हालै भएको बैठकले सम्मानपत्रसहित रु ५१ हजार राशिको उक्त पुरस्कार नेपाली बाङ्मयको श्रीवृद्धिमा गरेको योगदानको कदरस्वरुप प्रदान गर्ने निर्णय गरेको हो । श्री कोइरालालाई मराणोपरान्त उक्त पुरस्कार प्रदान गर्ने निर्णय भएको गुठीले आज जनाएको छ । भोलि सोमबार ललितपुरमा एक कार्यक्रम आयोजना गरी उक्त पुरस्कार प्रदान गरिनेछ ।

गुठीले बद्रीविक्रम माधुरी छात्रवृत्ति कोषमा रु १० लाख थपेर रु २५ लाखको अक्षयकोष खडा गर्ने निर्णय गर्नाका साथै बद्रीविक्रम थापा राष्ट्रिय योग पुरस्कारका लागि अक्षयकोष स्थापना गर्न रु पाँच लाख प्रदान गर्ने निर्णय पनि गरेको छ ।

तपाईको प्रतिक्रिया