टोकियाे अ‍ोलपिम्कको पहिलो स्वर्ण चीनले जित्यो

  साउन ०९, २०७८

काठमाडौं, साउन ९ : टोकियाे ओलम्पिक २०२० को पहिलो स्वर्ण चीनले जितेको छ । महिला विधातर्फ १० मिटर राइफलमा चीनकी याङ्ग कियानले स्वर्ण पदक जित्दै टोक्यो ओलम्पिकको पहिलो स्वर्ण जित्नुभएको हो ।

१० मिटर राइफलको पहिलो चरणमा कियान छैठौं स्थानमा रहनुभएको थियो । नर्वेकी डेउस्टेड हेग शीर्ष स्थानमा रहनुभएको थियो । तर उक्त अग्रतालाई उहाँले अन्तिम आठमा निरन्तरता दिन सक्नुभएन ।

तपाईको प्रतिक्रिया