अर्जेन्टिनाको उरुग्वेमाथि जित

  असार ०६, २०७८

काठमाडौं, असार ५ : अर्जेन्टिनाले कोपा अमेरिका फुटबलमा उरुग्वेलाई हराएको छ । प्रतियोगितामा आफ्नो पहिलो खेलमा उरुग्वेले हार बेहोरेको हो ।

करिब दुई वर्षपछि राष्ट्रिय टोलीका लागि मैदानमा उत्रिनुभएको गुइडो रोड्रिगजले गर्नुभएको एक मात्र गोल अर्जेन्टिनलाई उरुग्वेमाथि जित दिलाउन पर्याप्त भयो । उरुग्वेका स्ट्राइकर एडिन्सन कभानीले पेनाल्टीका लागि गर्नुभएको अपिल म्याच रेफ्रीले अस्वीकार गरेपछि ऊ निराश हुन पुग्यो ।

जितसँगै अर्जेन्टिना समूह ए को शीर्षस्थानमा उक्लेको छ । चिली र अर्जेन्टिनाले समान चार चार अङ्क जोडेको छ । उरुग्वेले आफ्नो दोस्रो खेलमा चिलीको सामना गर्नेछ । अर्जेन्टिनाले भने पाराग्वेसँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया