हँगेरीले फ्रान्सलाई बराबरीमा रोक्यो

  असार ०६, २०७८

काठमाडौं, असार ५ : हँगेरीले यूरो कप फुटबल २०२० मा फ्रान्सलाई बराबरीमा रोकेको छ । शनिबार राति बूडापेष्टमा सम्पन्न समूह एफ को खेलमा हँगेरीले शक्तिशाली फ्रान्सलाई १–१ को बराबरीमा रोक्दा अङ्क बाँड्न बाध्य बनाएको हो । ६६ हजार दर्शकको उपस्थितिमा भएको खेल अत्यन्तै रोमाञ्च एवम् तनाबपूर्ण बनेको थियो ।

हाफटाइमपछिको अतिरिक्त समयमा हँगेरीका लागि अट्टिला फिओलाले गोल गर्दै सुरुवाती अग्रता दिलाउनुभयो । उहाँले रोल्याण्ड सलैलाई छिचोल्दै फ्रान्सेली पोष्टमा गोल गर्दै हँगेरीलाई १–० को अग्रता दिलाउनुभयो । यूरो कप फुटबल २०२० का दाबेदार फ्रान्सले उक्त गोल हुनुअघि अधिकांश समय हँगेरीलाई दबाबमा राखेको थियो ।

दोस्रो हाफमा सब्स्टिच्युट ओसमाने डिम्बेलेले गर्नुभएको प्रहार विफल भएपछि उहाँको बार्सिलोना सहखेलाडी ग्रिजमन्नले गोल गर्दै फ्रान्सलाई खेलमा पुनरागमन गराउनुभयो । ६६ औं मिनेटमा कायलन म्बाप्ेले ह्युगो लोरिसबाट आएको बललाई ग्रिजमन्नतिर डोर्याउनुभयो । आठ गजबाहिरबाट ग्रिजमन्नले गरेको प्रहार गोलमा परिणत भयो ।

तपाईको प्रतिक्रिया