उपत्यकामा ५०८ कोरोना संक्रमित थपिए

  असार ०५, २०७८

काठमाडौं, असार ४ : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ५०८ सङ्क्रमित थपिएका छन् । गएको २४ घण्टामा उपत्यकाका तीन जिल्लामा ५०८ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३९४, ललितपुरमा ६० र भक्तपुरमा ५४ जनामा सङ्क्रमणको पुष्टि भएको छ । काठमाडौंमा हाल ६ हजार ७३५, ललितपुरमा दुई हजार ९८३ र भक्तपुरमा दुई हजार २५० जना सङ्क्रमित छन् । काठमाडौंमा हालसम्म दुई लाख ८९०, ललितपुरमा ३६ हजार ५१९ र भक्तपुरमा २१ हजार ७२३ जना सङ्क्रमित भएका छन् ।

मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा हालसम्म एक हजार ८०३, ललितपुरमा ५२३ र भक्तपुरमा ३५२ जना सङ्क्रमितको मृत्यु भएको छ । मन्त्रालयले हाल ८७२ जना आईसीयूमा रहेकोमा २४६ जना भेन्टिलेटरमा रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया