इजरायलले प्यालेष्टाइनमा १० लाख खोप पठाउने

  असार ०४, २०७८

काठमाडौं, असार ४ : इजरायलले प्यालेष्टाइनमा कम्तिमा दश लाख कोभिड-१९ बिरुद्धको खोप पठाउने भएको छ । सहमति बमोजिम प्यालेष्टाइनले इजरायललाई उत्तिकै संख्यामा खोप उपलब्ध गराउनेछ । बीबीसीले प्यालेष्टाइनी अधिकारीहरुसँगको सहमति अनुसार जहाजबाट मगाउन लागेको खोपको लट प्यालेष्टाइन पुगेपछि इजरायलसँग साझा गर्ने उल्लेख गरेको छ ।

इजरायलले आफूले कब्जा गरेको क्षेत्रमा खोप आपूर्तिमा ध्यान नदिएकोमा उसको आलोचना हुँदै आएको थियो । खोप लगाउन सक्षम ५५ प्रतिशत इजरायलीले कोभिड बिरुद्धको दुबै डोज लिएका छन् । इजरायलमा फाइजर र बायो एनटेकको खोप लगाइदैछ । प्यालेष्टाइनी अधिकारीहरुका अनुसार पश्चिम तटमा इजरायलको कब्जा रहेको क्षेत्रका खोप लगाउन सक्षम करिब ३० प्रतिशत प्यालेष्टाइनले एक डोज मात्रै लगाएका छन् ।

इजरायल र प्यालेष्टाइनबीच करिब दश लाख देखि १४ लाख खोप इजरायलले साझा गर्ने सहमति भएको छ । बेञ्जामिन नेतान्यूहलाई बिस्थापित गर्नुभएका प्रधानमन्त्री नफताली बेनेट्टको कार्यालयले कार्यभार सम्हालेपछि उक्त सहमति भएको थियो । इजरायलले उक्त खोप कहिले पठाउने सम्बन्धमा अझै स्पष्ट भइसकेको छैन् । तर प्यालेष्टाइनले भने फाइजरले सेप्टेम्बर वा अक्टोबर महिनामा आपूर्ति गरेपछि इजरायललाई खोप दिने इजरायली अधिकारीले जारी गरेको वक्तब्यमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया