कोरोनाको कहरबीच मानो रोपेर मुरी फलाइँदै

  असार ०४, २०७८

धनगढी, असार ४ : कैलालीका किसान खेतीपातीको काममा व्यस्त हुन थालेका छन् । मनसुनी वर्षासँगै उनीहरु रोपाइँमा व्यस्त हुन थालेका हुन् । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका क्रममा दुई महिनासम्म घरभित्र थन्किएका उनीहरू अब खेतीमा सक्रिय भएका छन् ।

कतिपय किसान कोरोना जितेर नै ‘मानो खाएर मुरी उब्जाउने’ कार्यमा लागेका छन् । जेठ दोस्रो सातासम्म कोरोनासङ्ग जुधेको उल्लेख गर्दै कैलारी गाउँपालिका–५ का कृषक प्रविण चौधरीले कोरोना परास्त गरेर अब खेतीपातीको काममा लागेको बताउनुभयो ।

कतिपय किसान भने खेतीपातीको बेला अझै पनि कोरोनासँग लडिरहेका छन् । कोरोनाको पहिलो लहरमा केही हद्सम्म सुरक्षित कैलालीको ग्रामीण क्षेत्र दोस्रो लहरमा भने सङ्क्रमणको ठूलो चपेटामा परेको थियो । अझै पनि गाउँ–गाउँमा सङ्क्रमण कायमै  छ ।

तपाईको प्रतिक्रिया