दुई हजार ७६८ संक्रमित थपिए, चार हजार २० कोरोनामुक्त, ४४ को मृत्यु

  असार ०४, २०७८

काठमाडौं, असार ४ : पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार ७६८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या छ लाख १७ हजार ९४७ पुगेको छ ।

थप सात हजार ५६९ को पिसिआर परीक्षण तथा चार हजार ४६८ को एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पिसिआर विधिबाट एक हजार ९६३ तथा एन्टिजेनबाट ८०५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म पाँच लाख ४९ हजार ६८२ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर चार हजार २० सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर ५९ हजार ६२४ सक्रिय सङ्क्रमित रहेका छन् ।

काठमाडौँ उपत्यकामा ५०८ सङ्क्रमित थपिए
काठमाडौँ उपत्यकामा पछिल्लो समय ५०८ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ३९४, ललितपुरमा ६० तथा भक्तपुरमा ५४ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट थप ४४ सङ्क्रमितको मृत्यु
पछिल्लो समय नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप ४४ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या आठ हजार ६४१ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया