काठमाडौंमा मात्रै सङ्क्रमित दुई लाख नाघ्यो, सक्रिय मात्र सात हजार

  असार ०४, २०७८

काठमाडौं, असार ३ : काठमाडौं जिल्लामा कोरोनाभाइरसका कुल सङ्क्रमित दुई लाख नाघेको छ । देशभरि कुल सङ्क्रमित छ लाख १५ हजार पुग्दा हालसम्म एक तिहाइ काठमाडौं जिल्लामा पुष्टि भएको छ । उपत्यकाका तीन जिल्लामा हालसम्म सङ्क्रमित भएकाको संख्या दुई लाख ५८ हजारभन्दा बढी छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा काठमाडौं जिल्लामा ४१७ सङ्क्रमित थपिएका छन् । ललितपुरमा १२१ र भक्तपुरमा ३६ नयाँ सङ्क्रमित थपिएका छन् । उपत्यकाका तीन जिल्लामा गएको चौबीस घण्टामा ५०७ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

हालसम्म काठमाडौंमा सङ्क्रमित हुने दुई लाख ४९६ पुगेको छ । ललितपुरमा हालसम्म ३६ हजार ४५९ र भक्तपुरमा हालसम्म २१ ह्जार ६६९ जना सङ्क्रमित भएका छन् ।

काठमाडौंमा हाल सात हजार १३५, ललितपुरमा तीन हजार ७१ र भक्तपुरमा दुई हजार ३०८ मा भाइरसको सङ्क्रमण सक्रिय छ । काठमाडौंमा हालसम्म एक लाख ९१ ह्जार ५६४, ललितपुरमा ३२ हजार ८६८ र भक्तपुरमा १९ हजार नौ जना कोरोनामुक्त भएका छन् ।

काठमाडौंमा जिल्लामा हालसम्म कोरोना सङ्क्रमणबाट एक हजार ७९७ जनाले ज्यान गुमाएका छन् । ललितपुरमा ५२३ र भक्तपुरमा ३५२ जना सङ्क्रमितको हालसम्म मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया