२२ वर्षपछि न्युजिल्याण्डले इंग्ल्याण्डमा टेष्ट श्रृखंला जित्यो

  जेठ ३१, २०७८

काठमाडौं, जेठ ३० : गत् २२ वर्षमा न्युजिल्याण्ड क्रिकेट टोलिले पहिलो पटक इंग्ल्याण्डलाई उसकै भूमिमा हराएर टेष्ट श्रृखंला जितेको छ । न्युजिल्याण्डले दोस्रो टेष्ट खेल आठ विकेटले जितेको छ । पहिलो टेष्ट खेल बराबरीमा सम्पन्न भएपछि दोस्रो तथा अन्तिम टेष्ट खेल जितेर न्युजिल्याण्डले श्रृखंला १–० ले आफ्नो पक्षमा पार्दै इतिहास कायम गरेको हो ।

इंग्ल्याण्डले प्रस्तुत गरेको ३८ रनको झिनो लक्ष्य न्युजिल्याण्डले चौथो दिनमा मात्र दुई विकेटको क्षतिमा पुरा गरेको हो । इंग्ल्याण्डले भने घरेलु मैदानमा सन् २०१४ पछि पहिलो पटक टेष्ट श्रृखंला गुमाएको हो । सन् २०१४ मा श्रीलङ्काले इंग्ल्याण्डमाथि १–० को जित हात पारेको थियो ।

एजबेस्टनमा पहिला ब्याटिंग गरेको घरेलु टोलिले पहिलो पारीमा ३०३ रनको औसत योगफल तयार गरेको थियो । रोरी बर्नसले ८१ त्था डाँन लौरेन्सले ८१ रनको पारी खेल्दा इंग्ल्याण्ड औसत योगफलसम्म पुग्न सफल भयो । न्युजिल्याण्डका लागि नैल वाग्नर र हेनरी निकोलासले सामान तीन तीन विकेट लिए ।

ज्वाबमा न्युजिल्याण्डले क्रैग योङ्गको ८२, डेभोन कोनवेको ८० र रोस टेलरको ८० रनको सहयोगमा पहिलो पारीमा ३८८ रनको योगफल तयार गर्यो । इंग्लीश बलरमा स्टुअर्ट ब्रोडले सर्बाधिक चार विकेट लिनुभयो । प्हिलो पारीमा ८५ रनले पछाडि परको इंग्ल्याण्ड दोस्रो पारीमा मात्र १२२ रनको झिनो योगफलमा समेटिएपछि पाहुना टोलिले ३८ रनको लक्ष्य पाएको थियो । जुन न्युजिल्याण्डले सहजै प्राप्त गर्यो ।

तपाईको प्रतिक्रिया