केसिकोभाले जितिन् फ्रेञ्च ओपन

  जेठ ३०, २०७८

काठमाडौं, जेठ ३० : बारबरा केसिकोभाले फ्रेञ्च ओपन टेनिसको महिला एकलतर्फको उपाधि जित्नुभएको छ । यो उहाँको पहिलो ग्रान्ड स्लाम उपाधि हो । रुसी टेनिस खेलाडी एनास्टासिया पेभ्लुचेन्कोभालाई ६–१ २–६ ६–४ ले हराउँदै केसिकोभाले उपाधि हात पार्नुभयो ।

वरीयताविहीन २५ वर्षीया केसिकोभाले ग्रान्ड स्लामको उपाधि जाना नोभोत्नालाई समर्पित गर्नुभयो । ४९ वर्षीया नोभोत्ना केसिकोभाकी मेन्टनर हुनुहुन्थयो । उहाँको मृत्यु सन् २०१७ मा क्यान्सरले भएको थियो ।

तपाईको प्रतिक्रिया