रुसमाथि बेल्जियमको सहज जित

  जेठ ३०, २०७८

काठमाडौं, जेठ ३० : बेल्जियमले रुसमाथि सहज जित हात पारेको छ । यूरो कप फुटबल २०२० अन्तगर्त गए राति सम्पन्न समूह बी को दोस्रो खेलमा बेल्जियमले रुसमाथि ३–० को सहज जित हात पारेको हो ।

बेल्जियमको जितमा रोमेलो लुकाकुले दुई गोल गर्नुभयो । पहिलो हाफमा २–० को अग्रता लिएको बेल्जियमले दोस्रो हाफको उत्तराद्र्धतिर गोल थप्दै रुसलाई ३–० ले हरायो । पहिलो हाफको दशौं मिनेटमा रोमेलो लुकाकुले रुसी खेलाडी आन्द्रे सेमेनोभको गलतीको फाइदा उठाउँदै गोल गर्नुभयो ।

३४ औं मिनेटमा रोबर्टो मार्टिनेजले पहिलो हाफ सकिन दश मिनेट बाँकी छँदा गोल गर्दै बेल्जियमलाई २–० को अग्रता दिलाउनुभयो । ८८ औं मिनेटमा लुकाकुले आफनो दोस्रो गोल पुरा गर्दा बेल्जियमले रुसलाई हराउँदै तीन अङ्क जोड्न सफल भयो । जितसँगै बेल्जियम समूह बी को शीर्ष स्थानमा उक्लिन सफल भयो । डेनमार्कमाथि जित हात पारेर तीन अङ्क नै बटुलेको फिनल्याण्ड दोस्रो स्थानमा छ ।

तपाईको प्रतिक्रिया