मैदानमै ढल्न पुगेका मिडफिल्डर एरिक्सन होसमा आए

  जेठ ३०, २०७८

काठमाडौं, जेठ ३० : डेनमार्कका मिडफिल्डर क्रिश्चियन एरिक्सन होसमा आउनुभएको छ । यूरोकप फुटबल २०२० अन्तर्गत गए राति फिनल्याण्ड विरुद्धको खेलमा डेनमार्कका मिडफिल्डर क्रिश्चियन एरिक्सन मैदानमै ढल्न पुगेका थिए ।

२९ वर्षीय इन्टर मिलानका खेलाडीको अवस्था स्थिर रहेको आयोजक यूरोपेली फुटबल सङ्घले जनाएको छ । एरिक्सन ढल्न पुग्दा कोपनहेगनमा पहिलो हाफ अघि नै खेल स्थगित भएको थियो । उहाँलाई तत्काल मैदानमै आपतकालीन उपचार गरिएको थियो । केही समयपछि सुरु भएको खेलमा फिनल्याण्डले १–० को जित हात पारेको छ ।

यूरोपेली फुटबल सङ्घले दुबै टोलीका खेलाडीको सहमतिमा खेल सुचारु गरिएको जनाएको छ । हाफटाइम सकिनै लाग्दा एएरिक्सनका लागि फालिएको पासलाई प्रहार गर्ने क्रममा उहाँ ढल्न पुग्नुभयो । खेल रेफ्रीले तत्कालै आपतकालीन प्राथमिक उपचारको लागि मैदानमा चिकित्सकको टोली बोलायो । तर उहाँ होसमा नआएपछि अस्पताल लगिएको थियो ।

तपाईको प्रतिक्रिया