टाउकटी चक्रवातमा परी मुम्बइमा १२७ जना हराए

  जेठ ०४, २०७८

काठमाडौं, जेठ ४ : भारतीय शहर मुम्बइमा चक्रवातमा परी १२७ जना हराएका छन् । मुम्बइको समुद्रमा आएको टाउकटी नामक चक्रवातका कारण हिन्द महासागरमा रहेको एक ठूलो डुंगा डुब्न पुग्दा कम्तीमा पनि १२७ जना व्यक्ति हराएका भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।

डुंगामा २७३ जना यात्रु रहेका भारतीय जल सैनिक संगठनले जनाएको छ । भारतीय जल सैनिकका प्रवक्ताले एक विज्ञप्ति जारी गरेर १४६ जनाको सकुशल उद्धार गरेर जनाएको छ । डुंगामा रहेका अरु १२७ जना अहिले पनि हराइरहेका छन् । उनीहरुको खोजी कार्य जारी रहेको छ । मुम्बई हाइटको समुद्रमा सो डुंगा रहेका बेलामा मंगलबार टाउकटी नामक चक्रवातले सो क्षेत्रलाई प्रभावित पारेको थियो ।

मंगलबार प्रति घन्टा १८५ किलोमीटरका दरले चक्रवात आएको थियो । चक्रवातले भारतका अरु क्षेत्रमा पनि ठूलो असर गरेको छ । भारतको गुजरातको समुद्रिक किनारनजिकै पनि यसले प्रभावित बनाएको छ । चक्रवात अघि भारतीय मौसम विभागले सचेत गराएको थियो ।

तपाईको प्रतिक्रिया