तातोपानीबाट अक्सिजन सिलिण्डर भित्रिन थाले, २५ सय थान आज काठमाडौं आइपुग्ने

  जेठ ०३, २०७८

सिन्धुपाल्चोक, जेठ ३ : कोरोना  संक्रमितलाई बचाउन आवश्यक अक्सिजनका खाली सिलिण्डर चीनको स्वाशित क्षेत्र तिब्बतको खासाबाट तातोपानी नाका आईपुग्ने क्रम शूरू भएकाे छ  । नेपाली ब्यापारीहरुले १८ हजार थान सिलिण्डर मगाएको मध्ये आज करीब २५ सय थान भन्सरमा आइपुगको र अहिले ती सामानकाे भौलतिक जाँच चलेको र केही बेरमा काठमाडौं पठाइने भन्सारका अधिकारीले बताएका छन् ।

अन्य सिलिण्डर र स्वास्थ्य समाग्री बोेकेका कन्टेनर पनि खासा आइपुगेको र नेपाल भित्रने चरणमा छन्। व्यापारीले १८ हजार थान अक्सिजन सिलिण्डर चीनबाट खरिद गरि खासा क्षेत्र हुदैं तातोपानी नाका ल्याई पु-याएको हुन् । उक्त खाली सिलिण्डर ढुवानी गरिरहेको सिल्क टान्सपोर्ट कम्पनीका अध्यक्ष रमेश शेर्पाले जानकारी दिनु भएको छ । सोमबार  १२ बजे चिनियाँ चार कन्टेनरमार्फत दुई कन्टेनरमा अक्सिजनका खाली सिलिण्डर र दुई कन्टेनरमा स्याउ आएको तातोपानी सीमास्थित ‘बीओपीका’ शसस्त्र प्रहरी निरिक्षक केशवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

सिल्क टा«न्सपोर्टका अध्यक्ष शेर्पाले धेरै परिणाम अक्सिजन सिलिण्डर सहित स्वास्थ सामाग्री बोकेका ८० वटा कन्टेनर खासा बजार आईपुगेको छ । उक्त कन्टेनरहरुमा पिपिई सेट, सर्जिकल मास्क, स्यानिटाइजर, ग्लोभ्स, कोरोना भाइरस नियन्त्रणका लागि अति आवश्यक सर्जिकल उपकरण ल्याइएको ब्यापारी शेर्पाले बताउनु भएको छ । खासा क्षेत्रमा आईपुगेका उक्त अक्सिजन सिलिण्डर र स्वास्थ सामाग्रीलाई खाशा प्रशासनले मेडिकल प्रोटोकल पूरा गरेर केही दिन भित्रै नेपाल तर्फको तातोपानी नाका पठाउने शेर्पा जानकारी दिएका छन् ।

तातोपानी सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारदमणि गौतमले खासाबाट तातोपानी नाका आईपुगेको अक्सिजन सिलिण्डर र स्वास्थ सामाग्री जाँचपास गरेपछि कति संख्यामा छ भन्ने बताउन सक्ने जानकारी दिनु भएको छ । सरकारी वा ब्यापारी जसले ल्याएपनि भन्सारमा ल्याएपछि मात्रै थाहा हुने र कति परिणाममा आयो भन्ने जानकारी दिन सक्ने प्रमुख गौतमले बताउनु भयो ।

खासाबाट तातोपानी नाका आईपुगेको सिलिण्डर र स्वास्थ सामाग्री तातोपानी भन्सारमा भित्राउन कर्मचारी, ब्यबसायी, मजदुर, लार्चादेखि मितेरी पुलसम्म मेडिकल प्रोटोकल पूरा गरेर भित्राएको उहाँले बताउनु भयो । खासाबाट अक्सिजन सिलिण्डर भन्सार आईपुग्न साथ आवश्यक मेडिकल प्रोटोकल पूरा गरेर काठमाडौं पठाईहाल्ने प्रमुख गौतमले बताउनु भएको छ ।

ढुवानी कर्ता सिल्क टा«न्सपोर्टका अध्यक्ष शेपाले थप १५ हजार थान अक्सिजन सिलिण्डर अन्य स्वास्थ सामाग्री, उपकरण चीनको ल्हासा, मेम्बु, सिगात्से, न्यालम क्षेत्रमा आईपुगेको बताउनु भएको छ । उक्त सिलिण्डर र स्वास्थ सामाग्री तातोपानी नाका आईपुग्न कम्तिमा दुई हप्ता लाग्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया