विस्तारै ओरालाे लाग्दै संक्रमण, १८ दिनमा कति संक्रमित कति निको भए

  जेठ ०३, २०७८

काठमाडौं, जेठ ३ : नयाँ भेरियन्टको कोरोनाभाइस (कोभिड–१९) सङ्क्रमण नेपालमा तीव्र रुपमा फैलिएको छ । नयाँ भेरियन्टको सङ्क्रमणले देशभरको सङ्क्रमणको ग्राफ गत वैशाख १६ गते यता निरन्तर उकालो लाग्ने क्रम दैनिकजसो देखिएको छ । तर पछिल्ला केही दिनमा भने संक्रमण दर स्थिर हुँदै क्रमस ओरालो लाग्न थालेको छ ।

नयाँ वर्ष (२०७८) शुरु हुँदा अथौत बैशाख १ दैनिक पाँच सय बढीको हाराहारीमा सक्रिय सङ्क्रमित थपिँदै गइरहेको थिए । तर, वैशाख १६ गतेसम्म आइपुग्दा यो बढेर चार हजार ९२८ पुग्यो । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या तीन लाख १७ हजार ५३० पुगेको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार त्यसयता दैनिक सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ भने यसबीचमा सङ्क्रमणबाट मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार वैशाख १६ गतेयता मात्रै कोरोना सङ्क्रमणबाट १७ सय ८९ जनाको मृत्यु भएको छ ।
वैशाख १६ गते देशभर चार हजार ९२८ जना सक्रिय सङ्क्रमित थपिए । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १३ हजार ५६० जनाको पीसीआर परीक्षण गर्दा चार हजार ९२८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सो अवधिमा ८८८ जना सङ्क्रमण मुक्त भएका थियो ।
वैशाख १७ गते पाँच हजार ७२७ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने मृत्यु हुनेको सङ्ख्या २७ थियो । देशभर १५ हजार ९६१ जनाको कोरोना परीक्षण हुँदा पाँच हजार ७२७ जनामा सङ्क्रमण पुष्टि भएको थियो । सो अवधिमा सङ्क्रमणबाट ३३ जनाले ज्यान गुमाएका थिए भने ९२८ जना निको भएका थिए ।
यो समयमा सक्रिय सङ्क्रमित १२.०४ प्रतिशतले वृद्धि भएको थियो । त्यस्तै मृत्यु हुने १.०१ प्रतिशत र सङ्क्रमण मुक्त हुने ८६.९८ प्रतिशत रहेको थियो ।
त्यस्तै वैशाख १८ गते देशभर १४ हजार ९६९ जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार ७६३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो । त्यस्तै १९ जनाको मृत्यु भएको थियो भने १२ सय ८७ जना सङ्क्रमण मुक्त भएका थिए ।
वैशाख १९ गते देशभर थप सात हजार २११ जनामा सङ्क्रमित थपिएका थिए । १६ हजार ७७० जनामा गरिएको परीक्षमध्ये सात हजार २११ जनामा सङ्क्रमण पुष्टि भएको थियो । साथै १६ सय १२ जना सङ्क्रमण मुक्त भएका थिए भने २७ जनाको मृत्यु भएको थियो ।
यस अवधिमा कोरोना निको हुने ८४.५१ प्रतिशत रहेको थियो भने सङ्क्रमित १४.५० प्रतिशत र मृत्यु हुने ०.९९ प्रतिशत रहेको मन्त्रालयको विवरणमा उल्लेख थियो ।
यसैगरी वैशाख २० गते सात हजार ४४८ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने दुई हजार २१ जना निको भएको थिए । त्यस्तै ३७ जनाले सङ्क्रमणकै कारण ज्यान गुमाउनु परेको थियो । १७ हजार १७६ जनामा भएको परीक्षणमा सात हजार ४४८ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
विवरण अनुसार यस समय ८३.२८ प्रतिशत सङ्क्रमण मुक्त भएका थिए भने सक्रिय सङ्क्रमित १५.७४ प्रतिशत र ०.९८ प्रतिशत रहेको छ ।
वैशाख २१ गते सात हजार ६६० जनामा सङ्क्रमण पुष्टि भएको थियो । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५९ हजार ७९८ पुगेको थियो ।
१६ हजार ७०२ जनामा कोरोना परीक्षण गर्दा सात हजार ६६० जनामा सङ्क्रमणा पुष्टि भएको थियो । साथै ५५ जनाको मृत्यु भएको थियो भने १७ हजार ७५ जना निको भएका थिए ।
केही दिन दैनिक सात हजारभन्दा बढी सङ्क्रमित पुष्टि भएकोमा वैशाख २२ गते यो बढेर आठ हजार ६५९ पुगेको थियो । २१ हजार ३७२ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ६५९ जनामा सङ्क्रमण पुष्टि भएको थियो । साथै ५८ जनाको सङ्क्रमणकै कारण ज्यान गुमाउनु परेको थियो । यस अवधिमा १९ सय ९३ जना निको भएका थिए ।
त्यस्तै वैशाख २३ गते यो बढेर नौ हजार ७० पुगेको थियो । २१ हजार १४२ जनामा गरिएको परीक्षणमध्ये ९ हजार ७० जनामा सङ्क्रमण पुष्टि भएको थियो । साथै ५४ जनाको मृत्यु भएको थियो भने २७ सय ७ जना सङ्क्रमण मुक्त भएका थिए ।
यस अवधिाम १९.६९ प्रतिशतमा सङ्क्रमित फेला परेको थियो भने ०.६९ प्रतिशतको मृत्यु भएको थियो । साथै ७९. ३६ प्रतिशत निको भएका थिए ।
यसैगरी वैशाख २४ गते २० हजार ४८२ जनामा गरिएको कोरोना पीसीआर परीक्षणमा ९ हजार हजार १९६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । साथै ५० जनाले ज्यान गुमाएका थिए भने दुई हजा ९०५ जना सङ्क्रमण मुक्त भएका थिए ।
वैशाख २५ गते ८ हजार ४१८ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने ५३ जनाको मृत्यु भएको थियो । १८ हजार ३०४ जनाको परीक्षण गर्दा आठ हजार ४१८ जनामा सङ्क्रमण देखिएको थियो । साथै तीन हजार ३७० जना सङ्क्रमण मुक्त भएका थिए ।
यस अवधिमा सङ्क्रमित २१.६४ प्रतिशत, मृत्यु दर ०.९४ प्रतिशत र निको हुनेको दर ७७.४२ प्रतिशत रहेको थियो ।
यसैगरी वैशाख २६ गते आठ हजार ८५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । १९ हजार ३८७ जनामा गरिएको परीक्षणमध्ये ८ हजार ८५० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो । साथै मन्त्रालयको विवरण अनुसार ८८ जनाको ज्यान गएको र ४ हजार २२ जना निको भएका थिए ।
यो अवधिमा २२.३४ प्रतिशतमा सङ्क्रमण देखिएको थियो भने ०.९४ प्रतिशतले ज्यान गुमाएका थिए । त्यस्तै ७६.७२ प्रतिशत सङ्क्रमण मुक्त भएका थिए ।
वैशाख २७ गते ९ हजार २७१ जनामा सङ्क्रमण पुष्टि भएको थियो । योसँगै देशभरको कुल सङ्क्रमित सङ्ख्या ९३ हजार १४१ पुगेको थियो । यस दिन सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक सय नाघेको थियो । सङ्क्रमणबाट १३९ जनाले ज्यान गुमाउनु परेको थियो । साथै चार हजार ७ जना सङ्क्रमण मुक्त भएका थिए ।
यो अवधिमा सङ्क्रमण मुक्त हुने ७५.९८ प्रतिशत रहेको थियो । साथै २३.०७ प्रतिशत सङ्क्रमित र ०.९६ प्रतिशतको मृत्यु भएको थियो ।
वैशाख २८ गते २१ हजार ३१६ जनाको परीक्षण हुँदा ९ हजार ४८३ जनामा सङ्क्रमण पुष्टि भएको थियो । साथै २२५ जनाको मृत्यु भएको थियो । यो सङ्क्रमणबाट मृत्यु हुनेमा ०.९९ प्रतिशत थियो । वैशाख महिनामा भएको अत्यधिक मृत्यु दर हो । साथै सङ्क्रमित दर २३.४८ प्रतिशत र सङ्क्रमण मुक्त हुने दर ७५.५३ प्रतिशत रहेको थियो ।
वैशाख २९ गते चार हजार ४४४ जना सङ्क्रमण मुक्त हुँदा ९ हजार ३०५ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने १६८ जनाको मृत्यु भएको थियो ।
स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार वैशाख २९ गतेसम्म देशभरको कुल सङ्क्रमितको सङ्ख्या एक लाख १६ हजार ३४ पुगेको थियो भने कुल चार हजार २५२ जनाले सङ्क्रमणबाट ज्यान गुमाउनु परेको थियो ।
त्यस्तै २० हजार ७८६ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ९ हजार ३०५ जना थपिएका थिए ।
वैशाख ३० गते मृत्यु दर १.०४ प्रतिशत देखिएको थियो । यस दिन थप २१४ जनाले सङ्क्रमणकै कारण ज्यान गुमाउनु परेको थियो । त्यस्तै थप ८ हजार ९६० जनामा सङ्क्रमण पुष्टि भएको थियो । फेला परेको सङ्क्रमणको २४.४० प्रतिशत रहेको थियो । साथै सङ्क्रमण मुक्त दर ७४.५७ प्रतिशत रहेको थियो ।
वैशाख ३० गते २० हजार २४५ जनाको कोरोना परीक्षण गरिएको थियो । साथै यस दिन पाँच हजार ५५ जनाले सङ्क्रमण मुक्त भएका थिए ।
वैशाख ३१ गते २०३ जनाले सङ्क्रमणकै कारण ज्यान गुमाएका थिए । स्वास्थ्य मन्त्रालयको ३१ गते सार्वजनिक गरेको विवरणमा थप ८ हजार ५२० जनामा सङ्क्रमण पुष्टि भएको थियो भने छ हजार १३५ जना सङ्क्रमण मुक्त भएका थिए ।
२१ हजार ४७८ जनाको परीक्षण गर्दा ८ हजार ५२० जनामा सङ्क्रमण पुष्टि भएको थियो । यो अवधिमा सङ्क्रमण दर २४.४१ प्रतिशत, मृत्यु दर १.०६ प्रतिशत र सङ्क्रमण्म मुक्त दर ७४.५२ प्रतिशत रहेको थियो ।
त्यस्तै जेठ १ गते १८ हजार ५४८ जनाको परीक्षण गर्दा आठ हजार १६७ जनामा सङ्क्रमण पुष्टि भएको थियो । साथै १८७ जनाले ज्यान गुमाएका थिए भने पाँच हजार ४५५ जना सङ्क्रमण मुक्त भएका थिए ।
यो अवधिमा सङ्क्रमण दर २४.५१ प्रतिशत, मृत्यु दर १.०८ प्रतिशत र सङ्क्रमण मुक्त दर ७४.४० प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै जेठ २ गते सङ्क्रमित दरमा केही कमि आएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणमा १९ हजार ८८३ जनाको परीक्षण गर्दा सात हजार ३६८ जनामा सङ्क्रमण पुष्टि भएको हो । साथै १४५ जनाले सङ्क्रमणबाट ज्यान गुमाएका छन् भने छ हजार ६४८ जना सङ्क्रमण मुक्त भएका छनन् ।
यो अवधिमा सङ्क्रमण दर २४.२३ प्रतिशत, मृत्यु दर १.१० प्रतिशत र सङ्क्रमण मुक्त दर ७४.६७ प्रतिशत रहेको छ ।
जेठ २ गतेसम्म देशभर कुल सङ्क्रमितको सङ्ख्या चार लाख ५५ हजार २० पुगेको छ भने कुल मृत्यु हुनेको सङ्ख्या पाँच हजार १ पुगेको छ । साथै कुल निको हुनेको सङ्ख्या तीन लाख ३९ हजार ७५६ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्राालयले जनाएको छ ।
जेठ महिनाको दोस्रो दिन सङ्क्रमित हुनेको सङ्ख्यामा केही कमि भएको देखिएको छ । तर, जनस्वास्थ्य विज्ञ डा. विराज कर्मचार्यले अघिल्लो हप्ताको तुलनामा यो हप्ता कोभिड–१९ सङ्क्रमितहरुको सङ्ख्यामा १४ प्रतिशतले वृद्धि भएको बताउनुभएको छ ।
विश्वमा कोभिडको सङ्क्रमण बढिरहेका देशहरुमध्ये नेपाल पनि परेको उहाँले आइतबार प्रेस ब्रिफिङमार्फत जनाकारी दिनुभएको हो । नेपालका सातै प्रदेशमा कोभिड–१९ सङ्क्रमण दर भिन्नभिन्न रहेको उहाँले बताउनुभयो । डा. कर्मचार्यले अघिल्लो हप्ताको तुलनामा यो हप्ता कोभिड सङ्क्रमितको सङ्ख्या प्रदेश अनुसार हेर्ने लुम्बिनी प्रदेशमा १ प्रतिशतले कमि आएको देखिएको छ भने कर्णाली प्रदेशमा १३४ प्रतिशतले वृद्धि भएको देखिएको बताउनुभयो ।
त्यस्तै गण्डकी प्रदेशमा २१ प्रतिशत, बागमती प्रदेशमा ४ प्रतिशत, प्रदेश १ मा २८ प्रतिशत, प्रदेश २ मा ८१ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९१ प्रतिशतले बढेको उहाँले बताउनुभयो । यसले देशभित्रै कोभिड सङ्क्रमितको सङ्ख्या बढ्ने दर प्रदेश अनुसार फरकफरक रहेको उहाँले बताउनुभएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया