युभेन्ट्सको च्याम्पियन्स लिग छनोटको सम्भावना कायमै

  जेठ ०३, २०७८

काठमाडौं, जेठ २ : युभेन्ट्सले इटाली सिरी ए मा इन्टर मिलानलाई हराउँदै च्याम्पियन्स लिग पुग्ने आफ्नो सम्भाबनालाई जिवितै राखेको छ । ३५ मिनेटसम्म मात्र दश खेलाडीमा सीमित भएको युभेन्ट्सले इन्टर मिलानमाथि ३–२ को जित हात पार्यो ।

खेलको पहिलो हाफको २४ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोको गोलमा युभेन्ट्सले सुरुवाती अग्रता लियो । ३५ औं मिनेटमा रोमेलो लुकाकुको पेनाल्टी गोलमार्फत् खेलमा पुनरागमन गरेको इन्टर मिलानले पहिलो हाफमै पुनः पछाडि पर्न गर्न गयो । जुआन क्वाड्राडोले पहिलो हाफको थपिएको समयमा गोल गर्दै युभेन्ट्सलाई २–१ को अग्रता दिलाउनुभयो ।

जर्जिओ सिलीनीले आफ्नै पोष्टमा गोल गर्दा खेल २–२ को बराबरीमा आयो । क्वाड्राडोले ८८ औं मिनेटमा पाएको पेनाल्टी गोलमा परिणत गर्दा युभेन्ट्सले खेलमा ३–२ को जित निकाल्न सफल भयो ।

जितसँगै इटाली सिरी ए मा युभेन्ट्स चौथो स्थानमा उक्लेको छ । पाँचौं स्थानको नपोलीभन्दा उसले दुई अङ्कको अग्रता लिएको छ । तर पाँचौं स्थानको नपोलीले अझै दुई खेल खेल्न बाँकी रहँदा युभेन्ट्सले अन्तिम खेलमा बोलोग्नाको सामना गर्नेछ ।

शीर्ष स्थानको इन्टर मिलानले ३७ खेलबाट ८८, दोस्रो स्थानको एटलान्टाको ७८ अङ्क छ । तेस्रो स्थानमा रहेको एसी मिलानले ३६ खेलबाट ७५ अङ्क जोडेको छ ।

तपाईको प्रतिक्रिया