चेलसीलाई हराउँदै लेष्टरले एफ ए कपको उपाधि जित्यो

  जेठ ०२, २०७८

काठमाडौं, जेठ २ : लेष्टर सिटी एफ ए कप फुटबलको उपाधि जितेको छ । फाइनलमा चेलसीलाई ०–१ ले हराउँदै लेष्टर एफ ए कपको विजेता बनेको छ । यूरी टिएलेमाँसले दोस्रो हाफको मध्यतिर गर्नुभएको एक मात्र गोल लेष्टर सिटीलाई चेलसीमाथि जित दिलाउन पर्याप्त भयो ।

६३ औं मिनेटमा बेल्जियन यूरीले २५ गजबाहिरबाट गर्नुभएको प्रहार चेलसीका गोलरक्षक केपा एरिजाबलागालाई छिचोल्दै गोलमा परिणत भयो । सन् १९६९ यता लेष्टर सिटीको यो पहिलो एफ ए कपको उपाधि हो । कोरोना महामारीको सङ्कटका बीच वेम्ब्लीमा २१ ह्जार दर्शकका बीच एफ ए कपको फाइनल खेलाइएको थियो ।

तपाईको प्रतिक्रिया