बिरामीका आफन्तलाई अक्सिजन खोजेर ल्याउन नभन्न अस्पतालहरुलाई आग्रह

  जेठ ०२, २०७८

काठमाडौं जेठ २ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितका बिरामीका आफन्तलाई अक्सिजन खोजेर ल्याउन नभन्न अस्पतालहरुलाई आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा कोभिडका बिरामीका आफन्तसँग अक्सिजन नमाग्न अस्पतालहरुलाई आग्रह गर्नुभएको हो ।

अक्सिजनको व्यवस्थापन गर्ने काम बिरामीका आफन्तहरुको नभई अस्पतालहरुको भएको समेत उहाँले बताउनुभयो । प्रेस ब्रिफिङमा उहाँले अस्पतालहरुमा अक्सिजनको अभाव हुँदै गरेको भनी चिकित्सकले बिरामीका आफन्लाई अक्सिजन लिएर आउनुस् भनेको सूचना आएको बताउनुभयो ।

‘सम्पूर्ण नर्स, चिकित्सक र स्वास्थ्यकर्मीलाई बिरामीका आफन्तलाई अक्सिजन खोजेर ल्याउनुस् भन्ने अनुरोध नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुरोध गर्दछ,’ उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया