खाडी मुलुकबाट नेपालीले पठाएको ५६० अक्सिजन सिलिन्डर नेपाल आइपुग्यो

  जेठ ०२, २०७८

काठमाडौं, जेठ १ : ओमानबाट ५६० थान अक्सिजन सिलिन्डर बोकेर नेपाल वायुसेवा निगमको वाइडबडी जहाज नेपाल आइपुगेको छ । आज ओमानको राजधानी मस्कटबाट मध्यपूर्वमा रहेका गैरआवासीय नेपालीले सहयोग जुटाइ उक्त सिलिन्डर नेपाल पठाएका हुन् ।

नेपालमा यस अघिका विपत्तिका बेलामा पनि एनआरएनले आर्थिक लगायत विभिन्न सहयोग गर्दै आएको छ ।अक्सिजन सिलिन्डर खाडी मुलुकमा रहेका नेपाली र नेपाली दूतावास ओमानको सहकार्यमा नेपाल पठाईएको हो ।

केही दिन देखि नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले अक्सिजन ग्यास लगायत स्वास्थ्य सामग्री विभिन्न मुलुकबाट ल्याउदै आएको छ । यसै बीच ओमानबाट फर्किएको जहाज आज राति ११ बजे चीनको राजधानी बेइजिङ स्वास्थ्य सामगी लिन जाने बताइएको छ ।

तपाईको प्रतिक्रिया