मध्यपूर्वमा रहेका नेपालीले ५५० अक्सिजन सिलिन्डर नेपाल पठाउँदै

  जेठ ०१, २०७८

काठमाडौं, जेठ १ : ओमानबाट ५५० अक्सिजन सिलिन्डर नेपाल आउने भएका छन् । मध्यपूर्वमा रहेका गैरआवासीय नेपालीले सहयोग जुटाइ ओमानबाट उक्त सिलिन्डर नेपाल पठाउन थालेका हुन् ।

ओमानबाट ४० लिटर क्षमताका ५५० सिलिन्डर यथासक्दो छिटो नेपाल पठाउनका लागि अभियान शुरु भएको मध्यपूर्व गैरआवासीय नेपाली सङ्घले जानकारी दिएको छ । नेपालमा यस अघिका विपत्तिका बेलामा पनि एनआरएनले आर्थिक लगायत विभिन्न सहयोग गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया