हुम्लामा पाँच वार्डको कोभिड अस्पताल सञ्चालन (फोटो फिचर)

  बैशाख ३१, २०७८

सिमकोट, वैशाख ३१ : हिमाली जिल्ला हुम्लामा पहिलो पटक पाँच वार्डको कोभिड अस्पताल स्थापना भएर सञ्चालनमा आएको छ । कोभिडका जटिल केशका विरामी देखिन थालेपछि कोभिड वार्डमा उपचार सुरु भएको हो ।

यसअघि सामान्य कोरोना पुष्टि भएका बिरामीलाई रानी वनस्थित आईसोलेशन वार्डमा राखिएको भएपनि शुक्रबार बिहान एक जना स्वास प्रस्वासमा समस्या आएका बिरामी देखिएपछि उक्त वार्ड सञ्चालनमा आएको हो । कोभिड वार्ड एभडियुमा सञ्चालन गरिएको छ ।

जटिल केशका कोभिडका बिरामीलाई अक्सिजन कन्सर्नटेटर दिएर उपचार सुरु भएको अस्पतालका चिकीत्सक टासी आङ्जु लामाले बताउनुभयो । यो वार्ड सुरु भएपछि उपचारमा सहजता आउनेछ । एक पटकमा पाँच जना बिरामीको उपचार सहजै गर्न सकिने उहाँले बताउनुभयो ।

यसलाई चाँडै बीस वार्डको बनाउने पहल सुरु भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादुर सिंहले बताउनुभउो । । वार्ड हेर्नका लागि चिकीत्सक र स्वास्थ्यकर्मी पनि खटाईएको छ । अस्पतालमा भेन्टिलेटर भएपनि त्यसलाई सञ्चालन गर्ने प्राबिधिक नभएको कारण भेन्टिलेटरमा राख्नु पर्ने बिरामी आए जिल्लामा उपचार हुन नसक्ने भएको छ ।

तपाईको प्रतिक्रिया