खाेपबारे गलत प्रचार दुर्भाग्यपूर्ण : स्वास्थ्य मन्त्री

  बैशाख २८, २०७८

काठमाडौं, वैशाख २८ : स्वास्थ्य ताथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले कोभ्याक्सले प्राप्त गर्ने खोप सबैभन्दा बढी सिरम इन्स्टिच्युट अफ इन्डियाबाट नै भएको बताउनुभएको छ । मन्त्री त्रिपाठीले सरकारले जिटूजीमार्फत २० लाख डोज भ्याक्सिन खरिद गरेको बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयद्वारा मंगलबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा कोरोना भाइरसविरुद्धको खोप खरिद सम्बन्धी तथ्यहीन र आत्मरिताका कुरा नबोल्न आग्रह गर्दै उहाँले सरकारले प्रति डोज खोपलाई ४ अमेरिकी डलरमा खरिद गरेको जानकारी दिनुभयो ।

कोरोना खोप खरिदमा कुनै भ्रष्टाचार नभएकाे तर अनर्गल र झूटा प्रचारप्रसार भएको बताउनुहुँदै उहाँले सोमबार प्रतिनिधिसभा बैठकमा नेताहरुले खोप खरिद सम्बन्धी कुनै तथ्याङ्क र आधारहीन कुरा गरेको समेत बताउनुभयो ।

‘म नेताहरुलाई भन्न चाहान्छु बोल्नू त बोल्नू बुझेर मात्रै बोलनू । कुनै तथ्यांक, डेटा छैन भने हामी सहयोग गर्न तयार छौं । अनर्गल, झूठा र आत्मरतिका लागि नबोल्नुहोस्,’उहाँले भन्नुभयो ।

‘नेपाल सरकारले राष्ट्र बैंक मार्फत कम्पनीलाई ८० प्रतिशत रकम पठाएको हो । त्यस बाहेक अन्य कुनै खरिद गरेको छैन तर जुन ढंगले प्रचारप्रासर भयो त्यो गलत छ । सरकारले प्रति डोज खोपलाई ४ डलरमा खरिद गरेको छ,’ उहाँले भन्नुभयो ।

उनले सरकारले खोप खरिदमा कसैलाई कमिसन पनि नदिएको र दिने अवस्था पनि नरहेको बताउनुहुँदै उहाँले जीटूजी मार्फत खोप खरिद गरिएको प्रष्ट्याउनुभएको थियो । साथै नेपाल सरकारले करिब एक करोड डाेज भन्दा बढी खोप खरिद गर्ने समेत उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया