विश्व टेष्ट च्याम्पियनशीप फाइनलका लागि भारतीय क्रिकेट टोलीको घोषणा

  बैशाख २५, २०७८

काठमाडौं, वैशाख २५ : भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले विश्व टेष्ट च्याम्पियनसिपका लागि टोलीको घोषणा गरेको छ । टोलीमा हार्दिक पाण्ड्या र कुलदीप यादवले स्थान पाएन । करण लोकेश राहुल र ऋधिमन साहको फिटनेश परीक्षणमा सफल हुनुपर्नेछ ।

विश्व टेष्ट च्याम्पियनशीपमा भारतले न्युजिल्याण्डको सामना गर्नेछ । टेष्ट च्याम्पियनशीपको फाइनल खेल साउथम्पटनमा जुन १८ देखि २२ सम्म हुनेछ । इंग्ल्याण्ड भ्रमणकै क्रममा भारतले इंग्ल्याण्ड विरुद्ध पाँच म्याचको टेष्ट शृङ्खला खेल्नेछ । उक्त श्रृखंलाको पहिलो टेष्ट नट्टीघंममा चार अगष्टमा सुरु हुनेछ । बाँकीको तीन टेष्ट खेल पनि सेप्टेम्बर १४ सम्म नट्टीघंममै हुनेछ । अन्तिम टेष्ट खेल म्यान्चेष्टरमा हुनेछ ।

बिराट कोहलीको नेतृत्वमा घोषित टोली जुन २ मा इंग्ल्याण्डका लागि प्रस्थान गर्ने अपेक्षा गरिएको छ । भारतले २४ सदस्यीय टोलिको घोषणा गरेको छ । टोलीमा आरक्षित खेलाडीको रुपमा ओपनर ब्याट्सम्यान अभिमन्यू इश्वरन, तीव् गतिका बलर प्रसिद्ध कृष्ण, अभेष खान र अर्जन नाग्वस्वल्ला रहेका छन् ।

मोहम्मद सामी, रबिन्दर जडेजा र हनुमा बिहारी टोलीमा पुनरागमन गरेका छन् । घाइते भएर गत् फेब्रुअरीमा सम्पन्न इंग्ल्याण्ड विरुद्धको घरेलु टेष्ट श्रृखंलामा तीनै खेलाडी अनुपस्थित थिए । टोलीमा रोहित शर्मा, शुभमन गिल, मयनक अग्रवाल, के एल राहुल, चेतेश्वर पूजारा, अजिन्क्यै रहाने, ऋषभ पन्त, वाशिंगटन सुन्दर, रबिचन्द्रन आश्विन, श्रद्धुल ठाकुर, अक्षर पटेल, इशान्त शर्मा, मोहम्मद सिराज, उमेश यादव र जसप्रित बुमराह अटाएका छन् ।

तपाईको प्रतिक्रिया