दैलेख टिपर दुर्घटना, दुई जना बेपत्ता रहेको आशङ्का

  बैशाख २२, २०७८

दैलेख, वैशाख २२ : कर्णाली राजमार्ग अन्तर्गत जिल्लाको आठबिस नगरपालिका–४ खोटेसल्ला भन्ने ठाउँमा मङ्गलवार राति टिपर दुर्घटनामा भएको छ ।

दाङको लमहीबाट जुम्ला तर्फ सिमेट लगेर जाँदै गरेको बा ५ ख २१८३ नम्बरको टिपर दुर्घटना भई कर्णाली नदिना खसेको र चालक र सहचालक अहिले सम्म बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अनुपम श्रेष्ठले टिपरमा कति जना सवार थिए भन्ने बारे अहिलेसम्म खुली नसकेको बताउनुभयो । उहाँले र दुर्घटना ग्रस्त टिपरका चालक र सह–चालक हुन सक्ने अनुमान गरिएकाले उहाँहरु दुई जनाको खोजी कार्य भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो लगतारको वर्षाका कारण कर्णाली नदिको बहाव बढेका कारण उद्धार कार्यमा कठिनाइ भएको छ । दुर्घटना भए भन्ने खवर सुन्न बित्तिकै प्रहरी परिचालन गरिएको भएपनि टिप्पर कर्णाली नदिमा खेसको र चालक र सहचालक लाई भने फेला पार्न नसकिएको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया