चेन्नईको पहिलो जित

  बैशाख ०४, २०७८

काठमाडौं, वैशाख ४ : इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्सले पहिलो जित हात पारेको छ । प्रतियोगिताको पहिलो खेलमा हार बेहोरेको चेन्नईले दोस्रो खेलमा पञ्जाब किंग्सलाई छ विकेटले हराएको छ ।

पञ्जाबले प्रस्तुत गरेको १०७ रनको लक्ष्य चेन्नईले खेल सकिन २६ बल बाँकी छँदै चार विकेटको क्षतिमा पुरा गर्यो । चेन्नईको जितमा मोइन अलिले सर्बाधिक ४६ रनको योगदान दिनुभयो । फाफ डु प्लेसिसले अविजित रहँदै ३६ रनको योगदान दिनुभयो । साम कर्रनले पाँच रन बनाएर अविजित रहनुभयो ।

पञ्जाब किंग्सका लागि मोहम्मद सामीले सर्बाधिक दुई तथा अरशदीप सिंह र मुर्गन अश्विनले सामान एक एक विकेट लिनुभयो । त्यसअघि, मुम्बईमा टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको पञ्जाब किंग्सले २६ रनमै पाँच विकेट गुमाएर कमजोर सुरुवात गर्यो ।

शाहरुख खानले मात्र ३६ बलमा चार चौका र दुई छक्का लगाएर सर्वाधिक ४७ रनको योगदान दिएपछि पञ्जाबले आठ विकेटको क्षतिमा १०६ रनको योगफल तयार गर्यो । झ्ये रिचर्डसनले १५ रन बनाउनुभयो ।

चेन्नईको बलिङमा दीपक चाहरले मात्र चार ओभरमा १३ रन खर्चेर सर्बाधिक चार विकेट लिनुभयो । ड्वायन ब्राभो, मोइन अलि, साम कर्रनले सामान एक एक विकेट लिनुभयो । दीपक चाहर प्लेयर अफ द म्याच घोषित हुनुभयो ।

तपाईको प्रतिक्रिया