नेपालले नेदरल्याण्ड्सको सामना गर्दै, चोटग्रस्त पारस बाहिरिए

  बैशाख ०४, २०७८

काठमाडौं, वैशाख ४ : त्रिदेशीय कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपालले आज नेदरल्याण्ड्सको सामना गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा हुने खेल अपरान्ह एक बजेपछि सुरु हुँदैछ ।

नेपालले सन् २०२० को मार्च महिनामा थाइल्याण्डमा टी ट्वान्टी विश्वकप क्रिकेटको रिजनल छनौट खेले यता कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएको छैन् । कोरोना महामारीले नेदरल्याण्ड्स र मलेसियाको समेत करिब एक वर्षपछि यो पहिलो अन्तर्राष्ट्रिय स्पर्धा हो ।

नेपालसँग घरेलु मैदानमा नेदरल्याण्ड्सलाई हराएर श्रृखंलामा सुखद सुरुवात गर्ने अबसर छ । यद्दपी पूर्ब कप्तान एवम् अलराउन्डर पारस खडका चोटग्रस्त भएपछि नेदरल्याण्ड्स बिरुद्धको खेलमा उपलब्ध हुने छैन् ।

अभ्यासको क्रममा पारसको काँधमा चोट लागेको नेपाल क्रिकेट संघले जनाएको छ । उहाँको स्थानमा सन्दीप जोरालाई टोलिमा समावेश गरिएको छ ।

प्रतियोगितामा सहभागी नेदरल्याण्ड्स र मलेसिया टी ट्वान्टीको विश्व वरियतामा नेपालभन्दा मुनि रहेको छ । नेपाल टी ट्वान्टीको विश्व वरियतामा १५ औं स्थानमा रहेको छ । नेदरल्याण्ड्स भने १७ औं र मलेसिया ३१ औं स्थानमा छ ।

तपाईको प्रतिक्रिया