दोधारा चाँदनीका विपन्न परिवारका लागि आवास निर्माण

  बैशाख ०४, २०७८

कञ्चनपुर, वैैशाख ४ : दोधारा चाँदनी नगरपालिकामा विपन्न परिवारका लागि आवास निर्माण कार्य शुरु गरिएको छ । उपमेयर आवास कार्यक्रमअन्तर्गत घरवारविहीन २१ परिवारका आवास निर्माण गरिन लागेको हो । आवास निर्माणका लागि नगरपालिकाले रु ३८ लाख ११ हजार ३४४ बजेट परिचालन गरेको छ ।

अतिविपन्न घरवारविहीन परिवारको छनोट गरी आवास निर्माणको कार्य भइरहेको नगरपालिकाका उपप्रमुख चिनी गिरीले बताउनुभयो । “नगरपालिका क्षेत्रमा बसोवास गर्ने परिवारको आवासमा पहुँच पु¥याउनका लागि कार्यक्रम सञ्चालन गरेका छौँ”, उहाँले भन्नुभयो, “आवास नभएका सबै परिवारलाई सुरक्षित आवसको पहुँच पु-याउने लक्ष्य लिएका छौँ ।” सबै वडामा घरवारविहीनका लागि आवास निर्माण भइरहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार एक घर निर्माण गर्न झण्डै रु दुई लाख खर्च लाग्ने छ । निर्माण हुने आवासमा दुई कोठा, बरण्डा निर्माण गरिने छ । छानामा जस्ता पाता राखिने छ । चालू आवमा आवास निर्माणको कार्य पूरा गर्ने लक्ष्य लिइएको छ ।

तपाईको प्रतिक्रिया