वीरगञ्जमा ९४ जनाको परीक्षणमा १२ वर्षे बालकसहित ५७ मा संक्रमण

  बैशाख ०३, २०७८

वीरगञ्ज , बैशाख ३ : वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको ९४ जनाको आरटी पिसिआर परीक्षणमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछि शुक्रबार एक दिन एकैपटक यति धेरै जनामा संक्रमण पुष्टि भएको कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिनु भयो ।

संक्रमण पुष्टी हुनेमा पर्साका ५० जना , बाराका ४ जना र रौतहट ३ जना रहेका छन् । संक्रमण पुष्टि भएका बारा र रौतहट स्थायी घर भएपनि पर्सामा बसोवास गर्दै आएका उनीहरुको स्वाव नमूना वीरगञ्जमा नै संकलन गरिएको हो । १२ वर्षदेखि ७२ वर्ष उमेर समुहका थपिएका संक्रमितमा ३७ जना पुरुष र २० जना महिलामा रहेका छन् ।

शुक्रबार पुष्टि भएका ५७ जना मध्ये ७ जना संक्रमितको नारायणी अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको बताउदै कोभिड संयोजक डाक्टर सरोज रोशन दासले भन्नुभयो ‘कट्याक्ट ट्रेसिङबाट भन्दा लक्षण सहितका नयाँ संक्रमित बढी छन्, सिटि भ्यालु कम छ । स्कुलको विद्यार्थीमा समेत संक्रमण देखिएको छ ।

वीरगञ्जको स्थिति खराब बन्दै गएको संकेत आजको परिक्षण रिर्पोटले देखाएको छ । ’संक्रमितहरुको संक्रमण सार्न सक्ने सिटी भ्यालु १४ देखि ३५.६ सम्म रहेको छ । सामान्यतः सिटी भ्यालु २९ देखि माथि भएमा संक्रमितबाट संक्रमण छिटो नसर्ने बताईन्छ ।

तपाईको प्रतिक्रिया