देशभरको तापक्रम ह्वात्तै बढ्न थाल्यो

  बैशाख ०३, २०७८

काठमाडौँ, वैशाख ३ : देशभरको तापक्रम ह्वात्तै बढेको छ । बुधबारदेखि देशभरको तापक्रम बढेको हो । तापक्रमको वृद्धि भएसँगै आमनागरिकले गर्मीको महसुस गर्न थालेका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार विगत २४ घण्टाभित्र देशका अधिकांश भूभागको अधिकतम तापक्रममा वृद्धि भएको हो । जसअनुसार नेपालगञ्जमा सबैभन्दा बढी ४० डिग्री सेन्टिग्रेड तापक्रम पुगेको छ ।

त्यस्तै भैरहवाको तापक्रम ३९ डिग्री पुगेको छ । सिमराको ३८.२ डिग्री, जनकपुरको ३७.५, वीरेन्द्रनगरको ३६.४, विराटनगरको ३४.७, धनकुटाको ३१ र काठमाडौँको ३० डिग्री सेन्टिग्रेड तापक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया