इन्डोनेसियामा ‘सेरोजा’ आँधीबाट १७८ जनाको मृत्यु

  चैत ३१, २०७७

जाकार्ता, चैत ३१ : इन्डोनेसियाको पूर्वी प्रान्त नुसा टेङ्गगारामा सेरोजा नाम दिइएको आँधीको कारण १७८ जनाको मृत्यु भएको सरकारी स्रोतले जानकारी दिएको छ । यस प्रकोपबाट १७९ जनाको मृत्यु हुनको साथै अन्य ४७ जना हराइरहेका सो प्रान्तका उप गभर्नर जोसेफ नाए सोइ सोमबार साँझमा जानकारी दिनु भएको थियो ।

इन्डोनेसियामा केही दिनअघि मात्र बाढी पहिरोबाट दर्जनौ व्यक्तिको मृत्यु भएको थियो । सयौंको संख्यामा विस्थापित भएका थिए । यद्यपी मंगलबार दिउँसो देशको प्रकोप न्यूनीकरण एजेन्सीले आयोजना गरेको भर्चुअल प्रेस सम्मेलनमा प्रान्तीय अधिकारीले विस्थापित व्यक्तिहरुको संख्या घटेको जानकारी दिएका छन् ।

उहाँका अनुसार हाल अस्थायी आश्रयस्थलमा ७ हजार ८९५ जना मात्र बसिरहेका छन् यसअघि बाढी पहिरोको प्रकोपबाट सताइएका ३४ हजार ८३८ जना अस्थायी आश्रयस्थल बस्दै आएका थिए । बाढी र पहिरोले प्रभावित क्षेत्रहरूमा घरहरु, सडक र पुलहरु ध्वस्त भएको पनि समाचारमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया