‘फूलबुट्टे सारी भाइरल भएको देखेर म आफैँ अचम्म पर्छु’

  चैत ३०, २०७७

काठमाडौं, चैत ३० : सङ्गीतकार तथा गीतकार राजनराज शिवाकोटीले १२ वर्ष पहिले नै मार्मिक लामाको स्वरमा ‘फूलबुट्टे सारी सपक्क पारी’ गीत रेकर्ड गराएका थिए ।

अहिले उनले सो गीत पुनः रेकर्ड गराए । त्यतिबेला खासै चर्चा नभएको गीतल अहिले निकै चर्चित भएको बिबिसी नेपाली सेवामा उल्लेख छ । त्यसैले शिवाकोटीले यो गीतको पुरुष, महिला, बाल र ‘लिजन्ड्री’ गरी चार स्वरमा रेकर्ड गराएका छन् ।

युगान्डाकी एक महिला र भारतका एक पन्जाबी गायकले पनि उक्त गीत नेपालीमा गाएर यूट्यूबमा राखेका छन् । उक्त गीतको संस्कृत भावानुवादबारे पनि सामाजिक सञ्जालमा चर्चा भएको देखिन्छ ।

तपाईको प्रतिक्रिया