धान फल्ने मार्तडी जिउलामा घरैघर

  चैत ३०, २०७७

बाजुरा चैत ३० : बाजुराको बडिमालिका नगरपालिकाको मार्तडीवासीको धान फल्ने जिउलो अहिले घरैघरले भरिभराउ हुँदै आएको छ ।

सदरमुकाम भन्दा बाहिर बस्ने स्थानीयहरुले विभिन्न सेवा सुविधाका लागि मार्तडी आउने र धमाधम जग्गा किन्दै बसोवास गर्न थालेपछि मार्तडीवासीको सो जिउलो घरैघरले भरिभराउ हुँदै आएको हो ।

बडिमालिका नगरपालिका ८ स्थानीय कला रावलले भन्नुभयो, “पहिला याहाँका अधिकांश मानिसहरु खेतीमा नै बढी प्राथमिकता दिने गर्थे अहिलेका युवाहरुले खेती गर्न छोडेर व्यापार व्यवसाय गर्ने इच्छा राख्दै धमाधम जग्गा बिक्री गर्ने थालेपछि सो जिउलो घरैघरले भरिभराउ हुँदै गएको हो ।”

उहाँले भन्नुभयो, कसैले जग्गा बिक्री गर्दै व्यापार व्यवसाय ग¥यो भने कोहीले घर लगाएर विभिन्न सरकारी तथा गैरसरकारी संस्थालाई भाडामा दिँदैछन् । अहिले त्यहाँका स्थानीयहरुले व्यापार व्यवसायका लागि धमाधम बिक्री गर्दै आएपछि सो जिउलो घरैघरले भरिभराउ भएको स्थानीयको भनाइ छ ।

अहिले पनि बूढीगङ्गा , त्रिवेणी , छेडेदह बुढीनन्दा गौमुल लगायका स्थानीय सदमुकाम मार्तडीमा पाइने विधिन्न सेवा र सुविधाको सहज तथा व्यापार व्यवसाय गर्नका लागि मार्तडी बसोबास गर्दै आएका छन् । तल्लो क्षेत्रको डाबबजार ,रिठबजार,बेलाल्माण्डौ,फालासैन ताँप्री सेर बल्दे आटिचौर लगायतका विभिन्न ठाउँ ठाउँमा स्थानी बजार भएपछि जिल्लाको गौमुल बुढीनन्दा स्वामिकार्तिक जगनाथ हिमाली बुढीनन्दा लगायतका क्षेत्रमा अहिले पनि मार्तडी बाटनै लुगाकपडा दालचामल नुन तेल लगायतका दैनिक उपभोग्यका समान मार्तडीबाट नै जाने गरेको छ ।

तपाईको प्रतिक्रिया