उपत्यकामा मध्यम वर्षा, वायु प्रदूषण घट्ने

  चैत १८, २०७७

काठमाडौं, चैत १८ : बुधबारसाँझ एक्कासि पानी परेपछि केही दिनदेखि राजधानीको आकाशमा धुम्बिएको वायुप्रदूषण कम हुने भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित मौसम पूर्वानुमान महाशाखाकी मौसमविद मञ्जु बासीका अनुसार आज उपत्यका लगायत प्रदेश १ बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा भएको छ ।

विमानस्थलमा राखिएको वर्षा मापनयन्त्रले २.६ मिलिमिटर वर्षा मापन गरिएको उहाँले बताउनुभयो र यो निकै कम वर्षा भएको उहाँको भनाइ छ । उहाँले भोलि पनि उपत्यका लगायतका क्षेत्रमा आजको भन्दा केही कम वर्षा हुने संभावना रहेको र यसले अहिले उपत्यकामा देखिएको प्रदूषणलाई केहीहद्सम्म पखाल्ने बताउनुभयो ।

उहाँले जंगलमा लागेको डढेलो नियन्त्रण नभएसम्म वायु प्रदूषणको मात्र कामयमै रहने र पर्सिबाट वर्षा गराउने कम्जोर प्रणाली पनि हराउने हुँदा वायु प्रदूषण फेरि यथावत नै हुन सक्ने मौसमविद बासीको भनाइ छ ।

तपाईको प्रतिक्रिया