‘खेलकुदले राष्ट्रलाई एकजुट बनाउँछ’

  फागुन २०, २०७७

बिजुवार, प्युठान फागुन २० : खानेपानी तथा सरसफाई मन्त्री मणिचन्द्र थापाले राष्ट्रलाई एकजुट बनाउने एक मात्र सशक्त माध्यम खेलकुद भएको बताउनुभएको छ । सरुमारानी गाउँपालिकास्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटनपछि उहाँले यस्तो धारणा राख्नुभएको हो ।

बिभाजित भैरहने राजनीति र अरु क्षेत्रलाई खेलकुदले राष्ट्रिय अनुशासन र सभ्यताको महत्वपुर्ण सन्देश दिने बताउनुभयो । सरकारले बजेटमा पनि खेलकुदलाई प्राथमिकतामा राखेको बताउँदै उहाँले स्थानीय स्तरबाट समेत खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्ने र खेलाडी उत्पादनमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रतियोगितामा पालिकाभित्रका सामुदायिक २३ वटा विद्यालयका खेलाडीहरुको सहभागिता छ । सहभागी सबै बिद्यार्थीले शिल्ड,मेडल र प्रमाणपत्र पाउनेछन् भने उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरमा सहभागी गराइने र त्यसपछि प्रदेशमा सहभागिता पाउने खेलकुद बिकास समितीका संयोजक भरत एमसीले बताउनुभयो। प्रतियोगितामा भलिवल, हाईजम्प, लङजम्प, त्रिपलजम्प, दौड, ज्याभ्लिन थ्रो लगायतका खेल हुनेछ । प्रतियोगिता शनिबारसम्म चल्ने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया