१०७ कोरोना संक्रमित थपिए, ७८ कोरोनामुक्त, ७९५ मा भाइरस सक्रिय

  फागुन २०, २०७७

काठमाडौं, फागुन २० : नेपालमा कोरोनाभाइरसका १०७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ७८ जना सङ्क्रमित निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो २४ घण्टामा १०७ जना सङ्क्रमित थपिदा नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७४ हजार ४८८ पुगेको जनाएको छ ।

हाल ७९५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । हालसम्म दुई लाख ७० हजार ६८३ जना सङ्क्रमित निको भएका छन् । कोरोना सङ्क्रमणबाट निको हुने दर ९८.६१ छ । २४ घण्टामा ३७ जना महिला र ७० जना पुरुष सङ्क्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कसैकाे पनि मृत्यु भएकाे छैन । हाल ७९५ जना आइसोलेशनमा र ५७ जना क्वारेन्टिनमा छन् । पछिल्लो २४ घण्टामा पाँच हजार ५३६ जनाको आरटीपीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म २१ लाख ७९ हजार ४७ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

तपाईको प्रतिक्रिया