सगरमाथा आरोहणको लागि बहराइन राजपरिवारका सदस्य नेपाल आउने

  फागुन २०, २०७७

काठमाडौं, फागुन २० : सर्वोच्च शिखर सगरमाथा आरोहणको लागि बहराइन राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली पुनः दोश्रो पटक नेपाल आउने निश्चित भएको छ ।

बहराइनस्थित नेपाली राजदूतावासले जारी गरेको प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराएको हो । उक्त टोली आगामी मार्च १५ अर्थात् चैत्र २ गते नेपाल आउने भएका हुन् ।

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दाससँग आज दूतावासमा सो आरोहण दलका सदस्यहरुले भेट गर्दै उक्त जानकारी गराएका हुन् । सगरमाथा आरोहणका लागि आवश्यक तयारी भइरहेको दूतावासले जानकारी दिएको छ ।

सो टोलीले सन् २०२० को अक्टोबरमा मनास्लु हिमाल र लोबुचे हिमाल सफलतापूर्वक आरोहण सम्पन्न गरेको थियो ।

तपाईको प्रतिक्रिया