सातदोबाटोले भगवती क्लब टोखालाई हरायो

  फागुन १७, २०७७

काठमाडौं, फागुन १७ : सातदोबाटो युथ क्लबले भगवती क्लब टोखालाई हराएको छ । भगवती क्लब टोखामाथि जितसँगै सातदोबाटो अङ्कतालिकाको शीर्ष स्थानमा तीन अङ्कको स्प्ष्ट अग्रता लिएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न खेलमा सातदोबाटो युथ क्लबले भगवती क्लब टोखामाथि १–० को जित हात पारेको हो । २५ औं मिनेटमा प्रवेश बस्नेतको गोलबाट सातदोबाटोले १–० को अग्रता लियो । दिनेश राइको प्रहारलाई भगवतीका लक्ष्मण जिसीले हयाण्ड गरेपछि सातदोबाटोले पेनाल्टीको अबसर पाएको थियो ।

तपाईको प्रतिक्रिया