झापामा जिल्ला स्तरीय महिला फुटबल सुरु

  फागुन १७, २०७७

बिर्तामोड, फागुन १७ : झापाको कनकाई नगरपालिकामा अन्तराष्ट्रिय नारी दिवशको अवशर पारेर जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिता सुरु भएको छ । सोमवार भएको उदघाटन खेलमा आयोजक कनकाई खेलकुद प्रतिष्ठानको टिमले हल्दीवारी गाउँपालिकाको महिला फुटबल टिमलाई ५–० गोल अन्तरले पराजित गरेको छ ।

कनकाईको लागि लक्ष्मी श्रेष्ठले एक्लैले ४ गोल गर्नुभयो । लक्ष्मीले खेलको ६ औं,८ औं, २४ औं र ५२ औं मिनेटमा गोल गर्नुभयो । श्रेष्ठ खेलको उत्कृष्ट खेलाडी समेत हुनुभयो । कनकाईका लागि अर्को गोल खेलको ६२ औं मिनेटमा नेहा चौधरीले गर्नुभयो । कनकाई माविको खेल मैदानमा भइरहेको प्रतियोगिताको प्रदेशसभा सदस्य हिराकुमार थापा, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख मन्जु प्रसाई लगायातले उदघाटन गर्नुभयो ।

आगामी फागुन २४ गते अन्तराष्ट्रिय नारी दिवशका दिनसम्म आयोजना हुने प्रतियोगितामा झापाका आठ पालिकाहरुको महिला टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमले ६५ हजार रुपियाँ पाउने छ भने दोस्रो हुने टिमले ४० हजार रुपियाँ पाउने खेल संयोजक गोविन्द सुवेदीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया